मधेसी मोर्चाको वार्ताको नौँटङ्की अब धेरै दिन चल्दैन । ‘मधेसी दलका नेताहरूले झापादेखि कञ्चनपुरसम्म जसरी सिमाङ्कन मागेका छन्, त्यो पूरा हुँदैन’, उहाँले भन्नुभयो, ‘अहिलेको सिमाङ्कनमा हेरफेर हुँदैन । सिमाङकनमा यो गाविस र त्यो जिल्ला यता हाल्ने वा उता हाल्ने कुरा हुँदैन ।’ संवैधानिक व्यवस्थाअनुसार अहिलेको सिमाङ्कनको छिनोफानो संघीय आयोगले गर्ने सचिव भट्टराईले बताउनुभयो । मधेसी मोर्चाले माग जस्तै गरेर सिमाङ्कन मिलाए अरुपनि रिसाउँने उहाँको भनाइ छ । सात प्रदेशको सिमाङ्कन चलाउने पक्षमा एमाले नरहेको उहाँले उल्लेख गर्नुभयो । ‘आवश्यक परे सिमाङ्कनको हेरफेर संघीय आयोग गर्न सक्छ’, एमाले सचिव भट्टराईले भन्नुभयो, ‘सिमाङ्कनलाई लिएर मधेसी दल आन्दोलन गर्छन् भने गरुन् ।’
















प्रतिक्रिया