काठमाडौं, १ कात्तिक । नाकाबन्दी लगाएर मुलुकलाई ठप्प बनाएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरू तराई तिर झरेका छन् भने कोही राजधानी र भारत गएका छन् ।
स्रोतका अनुसार तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर राजधानीमा बस्नुभएको छ । संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव जनकपुर जानुभएको छ ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतले वीरगञ्जस्ति रक्सौल नाकामा धर्ना बसेर नाकाबन्दी लगाइरहुनभएको छ । महतोले विगत दुई महिनादेखि तराईका विभिन्न जिल्लामा आन्दोलनको नेतृत्व गरेर हिँडिरहनुभएको छ ।
तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव भने उपचारका लागि भारत जानु भएको छ । मुटूको बिरामी यादवले नियमित उपचार गराउँदै आउनुभएको छ ।
विभिन्न माग राखेर आन्दोलनमा रहेको मधेसी मोर्चाको आन्दोलनलाई देखाएर भारतले अघोषित रुपमा नाकाबन्दी लगाएको छ ।
नाकाबन्दीका कारण मुलुकको जनजीवन विगत तीन सातादेखि अस्तव्यस्त बनेको छ ।












प्रतिक्रिया