३० आश्विन २०८३, शुक्रबार

अनिस र मोनालिसाले जिते ‘रनवे मोडल २०१५’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ranway-model (3)काठमाडौ । ‘रनवे मोडल २०१५’ को उपाधि अनिस तामाङ र मोनालिसा पराजुलीले जितेका छन् । नुवाकोट काउले ७ का २० बर्षीय तामाङ पुरुषतर्फ र गाईघाट २ की १८ बर्षीय पराजुलीले महिला तर्फको शिर्ष उपाधि हासिल गरेका हुन् । दुबैले २४, २४ प्रतियोगीलाई पछि पार्दै उपाधि हासिल गरेका थिए ।

प्रतियोगितामा तामाङले फोटोजेनिक र पराजुलीले मोष्ट इष्टाइलिस, मोडल डियुरिङ ट्रेनिङ सेसन समेत सह–उपाधि प्राप्त गरे । बिजेता दुबैले शीर्ष उपाधिका साथमा नगद पचास हजार, चलचित्र, म्युजिक भिडियो अभिनय अवसरका साथै बिभिन्न गिफ्ट पुरस्कारका रुपमा प्राप्त गरेका छन् ।

रनवे नेपालले शुक्रबार अबेर साझ एकै पेक्षालयमा पुरुष तथा महिलालाई उतारेको कार्यक्रममा पुरुषतर्फ प्रशान्त लिम्बु फष्टरनर अप र आसिस अन्सारी सेकेनड रनरअप घोषित हुदा महिलातर्फ श्रृजना टमटा फष्ट रनरअप र कृति खरेल सेकेन्ड रनरअप चुनिए । श्रृजनाले मिस ट्यालेन्ट र कृतिले मिस पपुलर सह–उपाधिका साथमा बिभिन्न उपहारहरु प्राप्त गरे ।

Ranway-model (2)कमलादीस्थित प्रज्ञाप्रतिष्ठानमा आयोजित प्रतियोगितामा मुख्य अतिथि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र बिशेष अतिथि इन्डियन आइडल तथा अभिनेता प्रसान्त तामाङ रहेका थिए । कार्यक्रममा इन्डियन आइडल तथा अभिनेता प्रशान्त तामाङ, हास्य कलाकार किरण केसी, अभिनेता तथा रंग पत्रकार श्याम अर्याल, पत्रकार कुबेर गिरीलगायतलाई सम्मान समेत गरिएको थियो ।

स्वमिङ, फुटबल, रक क्लाइसम्बङग, समाजसेवा,सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङग, गु्रमिङग, मेकअप, ड्रेसवेयर जस्ता विषयमा दक्ष व्यक्तित्वहरुद्धारा प्रशिक्षण सहित अन्तिम स्पर्धामा उत्रिएका प्रतियोगीको प्रतिभा जाच्ने जर्जको भुमिकामा अभिनेता रेश मरहठ्ठा, ,अभिनेत्री पुजना प्रधान , मिष्टर नेपाल आयुष्मान घिमिरे , अभिनेता अर्जुन कार्की, अभिनेत्री जानवी केसी, निर्माता निर्देशक अनिल संग्रौला समाज सेवी मोहन बस्नेतलगायत रहेका थिए ।

Ranway-model (1)अन्तर्राष्ट्रिय मोडलिङका बिभिन्न माध्यममा नेपालको प्रतिनिधित्व गराउन उत्कृष्ट मोडल खोज्ने उद्देश्य बोकेको प्रतियोगितामा महिला तर्फ मिस एक्टिभ रानी खरेल, मिस ब्युटिफुल निष्ठा सिंन्हा, मिस चार्मिङ शिर्भा तामाङ, मिस सोसलिस्ट संगीता बराइली, मिस फोटोजेनिक सरु मेहता, मिस डिसिप्लेन चन्दा शैजु, रनवे फेसनालिष्ट सुष्मिता शाही, म्यानेजमेन्ट च्वाइस् प्राश्ना झ“ा, मल्टिमिडीया र बेष्ट ड्रेस कल्पना गुरुङ, पब्लिक च्वाइस नम्रता बस्नेत , कन्फरेन्स मोडल सरु मेहता, बेष्ट फिगर मनिषा महर्जन, बेष्ट र्याप्पवाक निशा श्रेष्ठले प्राप्त गरे ।

त्यस्तै पुरुष तर्फ एक्टिभ प्रशान्त लिब्बु, ह्याण्डसम प्रकाश सिंह बिष्ट, ट्यालेन्ट रितेश राम्पाल, चार्मिङ अमर क्षेत्री, सोसलिष्ट मनोज श्रेष्ठ, डिसिप्लेन श्रृजन घिमिरे ,पफमेन्स सन्दिप केसी, मष्ट स्टाइलिष्ट राजेश शाह, कन्टिनेन्टल्ली प्रवेशमान सुनुवार, क्रियटिभ मोडल सन्तोस लिब्बु, ,मल्टीमिडिया सुनिल गुरुङ, ड्रेससेसन भिष राना, भियुरच्वाईस राजेश शाह, र्याम्पवाक बिवेक श्रेष्ठले प्राप्त गरे ।

‘महिला तथा पुरुषको सौन्दर्य, प्रतिभा निखार्दै नेपाली मोडलिङ जगतमा नया’ आयाम थप्ने उद्देश्य ‘रनवे मोडल २०१५’आयोजना गरिएको आयोजक संस्था रनवे नेपालकी अध्यक्ष चादनी लामिछानेले बताइन् । अवसरको खोजीमा रहेका नेपाली महिला तथा पुरुषलाई प्रतियोगिताले उचित अवसरको प्रदान गरेको लामिछानेले बताइन् ।