१ कार्तिक २०८३, शनिबार

‘तेलमा स्वाभिमान र राष्ट्रियता बेच्न सकिँदैन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajib-pahariपोखरा, ३० असोज । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले आफनो संविधान आफैले बनाउने नेपाली आकाङक्षालाई रोक्न भारतले नेपालमा नाङगो हस्तक्षेप गरेको टिप्पणी गर्नुभएको छ ।

प्रेस चौतारी नेपाल कास्कीले शनिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पहारीले नेपालीको स्वाभिमानमा आँच आउने गरि भारतले गरेको हस्क्षेपविरुद्ध यूवा संघले प्रतिरोध गदै हस्ताक्षर अभियान संचालन गरेको बताउनुभयो ।

उहाँले भारतीय हस्तक्षेपविरुद्ध युवा संघले भण्डाफोर अभियान अन्र्तगत हस्ताक्षर संकलन गरेको बताउँदै भारतका अगाडि नझुक्ने प्रतिज्ञा गर्नुभयो । नेपालीहरु गरिब भएपनि स्वाधिन रहेको बताउँदै पदका लागि स्वाभिमान नबेच्ने उहाँको भनाई थियो । अध्यक्ष पहारीले भारतले गरेको नाकाबन्दी पारवाहन सन्धि सम्झौताविरुद्ध भएको बताउदै जस्तोसुकै कष्ट झेल्न तयार रहेको तर तेलमा स्वाभिमान र राष्ट्रियता बेच्न नसकिने बताउनुभयो । उहाँले भने– ‘भारतसंग कुनै पनि हालतमा नझुक्न नेताहरुलाई समेत दवाब दिइरहेका छौं, स्वाभिमानी नेपाली कुनै हालतमा झुक्दैन् ।’

उहाँले संविधान जारी भएको र त्यसलाई कार्यान्वयन गर्न सबै दलहरु एकजुट हुुनुपर्नेमा जोड दिनुभयो । राजनीतिक क्रान्ति सफल भएको बताउँदै अव देशलाई आर्थिक समृद्धिमा अगाडि वढाउनुपर्ने आवश्यकता औल्याउनुभयो । देशलाई आर्थिक समुन्नत बनाउन दलहरुबीच एकता र सहकार्यको आवश्यकता रहेको बताउनुभयो ।

उनले नेपालमा रहेका कम्यूनिष्टहरु एक हुनुपर्ने बताउदै त्यसको अगुवाई यूवा संघले गरेको जानकारी दिनुभयो । सबै कम्यूनिष्टहरुलाई समेटेर एउटै कम्यूनिष्ट केन्द्र बनाउन एमाओबादी अध्यक्ष प्रचण्डसंग भेट गरेको बताउनुभयो । च्याउसरी पार्टी खोल्नु भन्दा एउटै बनाएर अगाडि बढनुपर्ने पहारीले बताउनुभयो ।