११ कार्तिक २०८३, बुधबार

बाघको छाला र हड्डीसहित एक पक्राउ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tiger-skin-bone
फाइल तस्वीर

– मोहन विष्ट

बेलौरी (कञ्चनपुर), ३० असोज । सुदूरपश्चिम क्षेत्रिय प्रहरी कार्यालय महाकालीले बाघको छाला, हड्डीसहित एक जनालाई पक्राउ गरेको छ ।

आज बिहान कैलालीको घोडाघोडी नगरपालिका–१० मैतुवास्थित मोतिराम चौधरीको घरबाट एक पाठेबाघको छाला, हड्डीसहित उक्त कारोबारमा संलग्न घोडाघोडीकै स्थानीय गोपिराम चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चौधरीको घरमा खानतलासी गर्दा छ फिट लामो २४ इन्च चौडाइको छाला र तीन किलो २५० ग्राम हड्डी बरामद गरेको प्रहरीले जनाएको छ ।

चौधरीलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार रु एक लाखदेखि पाँच लाखसम्म जरिवाना र एक वर्षदेखि पाँच वर्षसम्म जेल सजाय हुनेछ । रासस