३० आश्विन २०८३, शुक्रबार

इन्दिरा जोशीको ‘लोकल ब्युटी’ आयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

indira-joshiकाठमाडौं । आगामी माघ एक गतेबाट नेपालभर प्रर्दशनमा आउने चलचित्र ‘फन्को’ले युट्युबमार्फत चलचित्रको ‘लोकल ब्युटी’ बोलको गीत सार्वजनिक गरेको छ ।

चलचित्रले शनिबार बिजया दशमीको अबसर पारेर चलचित्र बितरण कंम्पनी एफ डि मा अनौपचारिक कार्यक्रमसंगै गीत सार्बजनिक गरेको हो । चलचित्र पत्रकारहरुको सहभागितामा आयोजित गीत सार्बजनिक कार्यक्रममा निर्माता नरेन्द्र महर्जनले फन्कोलाई नोभेम्बर २४ देखी युरोपका बिभिन्न शहरहरुमा प्रर्दशन गर्ने कार्यक्रम तय भैसकेको जनाउँदै चलचित्रको गीतलाई अनौपचारिक रुपमा सार्वजनिक गरेको बताए ।

लोकल ब्युटी गीतमा राजेन्द्र थापाको शब्द चेतन सापकोटाको संगीत कबिराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको द्घन्द रहेको छ । गीतमा गायिका इन्दिरा जोशीले स्वर दिएकी छिन् भने नृत्य पनि उनले नै गरेकी छिन् ।