११ कार्तिक २०८३, बुधबार

‘संविधानले देशको सामाजिक एवं राजनीतिक विकासको ढोका खोल्यो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

youbraj-gyawali– रबिना बोहरा
बागलुङ, ३० असोज । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले लोकतन्त्रको उच्चतम अभ्यासबाट नेपालमा नयाँ संविधान जारी भएको बताउनुभएको छ ।

संविधानले देशको सामाजिक, सांस्कृतिक एवं राजनीतिक विकासको ढोका खोलेको भन्दै गरिबी, बेरोजगारी लगायतका समस्याको समाधान गर्न मद्दत पुग्ने धारणा राख्नुभयो । जनताले आफ्नो संविधान आफै बनाउनु महत्वपुर्ण पक्ष भएको भन्दै संविधानको कार्यान्वयनको पक्ष चुनौतिपुर्ण रहेको उहाँको भनाई थियो ।

अहिलेको संविधान सबै संविधान मध्य उत्कृष्ट रहेको औँल्याउदै महिला, जनजाती, दलित, पछाडि पारिएका वर्ग एवं समुदाय लगायत सबैको अधिकार समावेश भएको ज्ञवालीले बताउनुभयो । नेपालमा लोकतान्त्रिक पद्धतिबाट जारी भएको संविधानको मित्र राष्ट्र भारतले स्वागत गर्नुपर्ने समयमा नाकाबन्दी गरेर विरोध गरिरहेकाले नेपालीहरुले यसबाट पाठ सिक्नुपर्ने ज्ञवालीको भनाई छ ।