११ कार्तिक २०८३, बुधबार

दक्षिणी खोटाङमा हत्या गरेर फालिएको शव फेला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khotang Sadakखोटाङ, ३० असोज । जिल्लाको दक्षिणी गाविस डम्बर्खु शिवालय–२ का ४७ वर्षीय श्रीकृष्ण राई मृत फेला परेका छन् । गत बिहीबार बेलुकादेखि सम्पर्कविहीन बनेका राई शनिबार मृत फेला परेका हुन् ।

तीन दिनदेखि सम्पर्कविहीन बनेका राईको खोजी गर्ने क्रममा सोही वडाको सिन्दूरे भिरको फेदमा मृत भेटिएको स्थानीयवासीले जानकारी दिएका छन् ।

घटनाको प्रकृति हेर्दा राईको हत्या गरेर फालिएको हुनसक्ने इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी निरीक्षक सुनिल दाहालले जानकारी दिनुभयो ।

गाउँमा झगडा भएकै दिनदेखि राई बेपत्ता भएकाले उनको हत्या भएको स्थानीयवासीले दाबी गरेका छन् । मृत फेला परेका राईको शरीरको विभिन्न ठाउँमा धारिलो हतियारको चोट देखिएको प्रत्यक्षदर्शीको भनाइ छ ।

“राईको हत्या नै गरिएको प्रमाणित हुँदै गएको छ ।” निरीक्षक दाहालले भन्नुभयो, “घटनाका विषयमा अनुसन्धान गर्न एकजनालाई नियन्त्रणमा लिइएको छ ।”

राईको शव परीक्षणका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ । रासस