२२ कार्तिक २०८३, आइतबार

बाबुरामद्वारा भारतसँग अनुरोध, ‘अघोषित नाकाबन्दीबाट जनतालाई कष्ट भयो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

baburam-bhattaraiविराटनगर, ३० असोज । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मधेस/पहाडको दूरी कम गर्न र विकासको गतिमा मुलुकलाई डोर्‍याउनका लागि नयाँ राजनीतिक शक्तिको आवश्यकता रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको भेटघाटमा उहाँले पुराना शक्ति अपारदर्शी, भ्रष्टाचारमा लिप्तरहेको आरोप लगाउँदै राजनीतिक पारदर्शीता र नयाँ मूल्य मान्यताका साथ नयाँ शक्तिको निर्माणमा लागेको स्पष्ट पार्नुभयो ।

अधोषित नाकाबन्दीले जनतालाई कष्ट भइरहेको उल्लेख गर्दै नाकाबन्दी तुरुन्त खोल्नुपर्ने धारणा राख्दै उहाँले दुवै देशले कूटनीतिक प्रयास गरी वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले मधेस–पहाडमा देखिएका असन्तुष्टिलाई समाधान गर्न ढिलाइ गर्नु नहुने विषयमा जोड दिनुभयो ।

उहाँले एमाओवादी पार्टी छोडेपछि आफूले राजनीतिबाट सन्यास नलिएको स्पष्ट पार्दै नेता भट्टराईले नयाँ सोचका साथ दुवै छिमेकी मुलुकसँग सोहार्दपूर्ण सम्बन्धको विकास गर्ने बताउनुभयो ।