२२ कार्तिक २०८३, आइतबार

मधेसको समस्या समाधान गर्न नयाँ सहमति : महामन्त्री सिटौला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

krishna-situla-1विराटनगर, ३० असोज । नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले मधेसमा देखिएका असन्तुष्टिलाई सम्बोधन गर्न नयाँ सहमति आवश्यक रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले सीमा नाकामा देखिएका अवरोध हटाउनका लागि सरकारले चासोका साथ अग्रसरता लिनुपर्ने धारणा राख्नु भयो ।

उहाँले राष्ट्रपतिबाट देशको राजनीतिमा दूरगामी प्रभाव पर्ने भएकाले सबै राजनीतिक दलहरुसँग छलफल गरेर केही दिनमै राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवारको छनोट हुने जानकारी गराउनुभयो ।

कांग्रेसको सहयोग बिना मुलुकको कुनैपनि समस्या समाधान नहुने जिकिर गर्दै महामन्त्री सिटौलाले कांग्रेस मुलुकको हित र राजनीतिक विकासका निम्ति नयाँ ढङ्गले प्रस्तुत हुने स्पष्ट पार्नुभयो ।