नवनिर्वाचित उपसभामुख यादव फरार सूचीमा
०४६ सालभन्दा अगाडि पञ्चायती व्यवस्थाका बेला आफ्नो छिमेकीलाई कुटपिट गरेको अभियोगमा यादवले जिल्ला अदालत सप्तरीबाट एघार दिन कैद सजाय र एघार सय रुपियाँ जरिवाना पाएका थिए । यादवले जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन राजविराज हुँदै सर्वोच्च अदालतसम्म पुर्याएका पनि थिए । तर सर्वोच्च अदालतले जिल्ला अदालतकै फैसलालाई सदर गरिदिएको थियो । सर्वोच्चको फैसलापछि फरार रहेका यादव अहिले पनि फरार सूचीमा छन् । फरार सूचीमा रहेका यादवलाई कारबाहीको माग राखेर पीडित पक्षले केही महिना अगाडि राजविराजमा पत्रकार सम्मेलन गरेर सर्वोच्चको फैसला कार्यान्वयन गर्न माग गरेका थिए । तर पीडित पक्षको मागको सुनुवाई कसैले गरेको छैन ।
















प्रतिक्रिया