१ कार्तिक २०८३, शनिबार

ओली प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1445008703538_RoS-Ktm- PM- Oli (4)काठमाडौं, ३० असोज । मधेसी मोर्चाको आन्दोलनलाई देखाएर अघोषित रुपमा नाकाबन्दी लगाएको भारतीय पक्षको धारणा बुझ्न परराष्ट्रमन्त्री कमल थापा आज भारत जाँदै हुनुहुन्छ ।

भारतीय विदेशमन्त्री शुष्मा स्वराजको निमन्त्रणामा परराष्ट्रमन्त्री थापा नयाँदिल्ली जान लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री थापाले समकक्षीसँग नेपालमा अघोषित रुपमा लगाइएको नाकाबन्दी र अबरुद्ध आपूर्ति व्यवस्थाका विषयमा जिज्ञासा राख्नु हुनेछ ।

पाँच दिनअघि उपप्रधान तथा परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएका मन्त्री थापा नेपाल–भारतको सम्बन्ध सुधार गर्ने उद्देश्यले नयाँदिल्ली जान थाल्नुभएको हो ।

भारतले मधेसवादी दलहरूको आन्दोलनलाई देखाएर पेट्रोलिय पदार्थ र अन्य दैनिक उपभोग्य सामाग्रीमा अघोषित रुपमा नाकाबन्दी गराउँदै आएको छ । भारतको नाकाबन्दीले १५ दिनदेख मुलुकमा नराम्रोसँग प्रभाव परेको छ ।