२२ कार्तिक २०८३, आइतबार

पाँच दिनपछि ओली सरकारी निवास बालुवाटार प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

1445008703538_RoS-Ktm- PM- Oli (4)काठमाडौं, ३० असोज । प्रधानमन्त्री केपी ओली सरकारी निवास बालुवाटारमा सर्नुभएको छ ।

प्रधानमन्त्री ओली भक्तपुरको बालकोटस्थित निजी निवासबाट शुक्रबार साँझ ७ बजे प्रधानमन्त्री निवास, बालुवाटार प्रवेश गर्नुभएको हो ।

ओलीलाई एमालेको काठमाडौं निर्वाचन क्षेत्र नं ५ बालुवाटारका स्थानीय कार्यकर्ताले स्वागत गरेका थिए ।

पार्टीका उपाध्यक्ष विद्यादेवी भण्डारी, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य शङ्कर पोखरेललगायत नेताले उहाँलाई निवासमा प्रवेश गराउनुभएको थियो ।

त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । प्रवेशका समयमा कुनै परम्परागत पूजाविधि नगरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।

एमालेका अध्यक्ष ओली यही असोज २४ गते प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको थियो ।