२२ कार्तिक २०८३, आइतबार

आन्दोलनले औषधि अभाव भएपछि तराईमा औषधि पठाइयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Drug-Law-Department-Ausashकाठमाडौं, ३० असोज । टेकुस्थित इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सर्पदंशका औषधि तराईका विभिन्न स्थानमा पठाएको छ ।

तराईका विभिन्न जिल्लामा औषधिको अभाव भएपछि सर्पदंशका साथै अन्य आवश्यक औषधिसमेत महाशाखाले शुक्रबार पठाएको हो ।

विशेषगरी तराई क्षेत्रमा यतिबेला सर्पको बिगबिगी हुने र त्यहाँका जनतालाई सर्पले डस्दा औषधिको अभावले धेरैले ज्यान गुमाउनुपर्ने अवस्था बढ्न थालेको र औषधिको अभाव देखिएपछि त्यसलाई न्यूनीकरण गर्न काठमाडौंबाट औषधि पठाउन परेको हो ।

महाशाखाका निर्देशक डा बाबुराम मरासिनीको नेतृत्वमा स्वास्थ्यकर्मीकोे एक टोली आज हेटौँडा गएको छ ।

हेटौँडाबाट त्यसआसपास क्षेत्रका आवश्यक जिल्लामा ती औषधि उपलब्ध गराइनेछ । हेटौँडा पठाइएका औषधिमा एनटी स्नेक भेनम, एन्टी रेविज भेक्सिन करिब १० लाखको छ ।

बुटवलमा पनि सोही मूल्य बराबरको औषधि पठाइएको निर्देशक मरासिनीले जानकारी दिनुभयो ।

त्यसैगरी कैलालीलगायतका स्थानमा इन्धनको अभावले तत्काल औषधि पठाउन नसकिएको बताउँदै गृह मन्त्रालाय र स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी छिट्टै पठाइने तयारी भइरहेको महाशाखाले जनाएको छ ।