२२ कार्तिक २०८३, आइतबार

माओवादीको विद्रोही लडाकुहुँदै सभामुखमा निर्वाचित भएपछि ओनसरी घर्तीले के भनिन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

onsari-gharti-1काठमाडौँ, २९ असोज । नवनिर्वाचित सभामुख ओनसरी घर्तीले सभामुख र उपसभामुखमा निर्विरोध निर्वाचन हुनुले दल एक भएर नेपाललाई विजयी बनाउने सन्देश दिएको बताउनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख निर्वाचित भएपछि बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै उहाँले यो निर्वाचन नेपाली जनताको सात दशक लामो सङ्घर्षको विजयको प्रतिबिम्बका रुपमा आफूले लिएको बताउनुभयो ।

घर्तीले भन्नुभयो, “विजयको यो सन्देशलाई आफ्नो क्षमताले भ्याएसम्म सन्तुलित भूमिका निर्वाह गरेर देखाउनेछु । संविधानको कार्यान्वयनका क्रममा दल एक हुनुपर्ने र मुलुकलाई समृद्ध बनाउनुपर्ने पनि उहाँले बताउनुभयो ।

यस्तै, नवनिर्वाचित उपसभामुख गङ्गाप्रसाद यादवले आफूहरुको विजय समावेशीकरणको उत्कृष्ट नमुना बनेको बताउनुभयो । उहाँहरुको आइतबार सपथ ग्रहण हुनेछ । रासस