११ कार्तिक २०८३, बुधबार

बढी मूल्यमा पेट्रोल बिक्री गर्ने राजधानीमा समातिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Petrol-line-bardiya (3)काठमाडौँ, २९ असोज । बढी मूल्यमा पेट्रोल बिक्री गर्ने काठमाडौँ भोटेबहालस्थित गौचन स्टोर सञ्चालक गुल्मी तुरानका निक्सन गौचनलाई प्रहरीले आज पक्राउ गरेको छ ।

गौचनसँगै पेट्रोल किनबेचमा मोलमोलाई गर्ने गौचनका साला रुपन्देही कालिका नगरपालिकाका सुदेस तुलाचन, पेट्रोलको पैसा लिने र रसिद दिने गौचनकी ३० वर्षीया श्रीमती सीता गौचन, पेट्रोल ल्याउने गौचनकी सासू ५२ वर्षीया कल्पना तुलाचनलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

गौचनले आफ्नै पसलमा पेट्रोल कालोबजारी गरी विक्री वितरण गर्ने गरेको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त जनसेवाको प्रहरीले सादा पोशाकमा निजसँग पेट्रोल खरिद गर्न खोज्दा एक लिटरको रु ६५० भन्दा कममा पेट्रोल दिन नसकिने बताएपश्चात् उनले भनेबमोजिम २० लिटरका लागि पैसा दिएपश्चात् पेट्रोल र नगद लिएको रसिद दिएका थिए ।

प्रहरीले २० लिटर पेट्रोलसहितको एक थान जर्किन, नगद बुझेको रसिदसमेत बरामद गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । रासस