३० आश्विन २०८३, शुक्रबार

राष्ट्रिय लिग : आर्मी विजयी भएसँगै उपाधि भिडन्त रोमाञ्चक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Army-clubकाठमाडौँ, २९ असोज । राष्ट्रिय लिगअन्तर्गत आज भएको खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै जारी लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा आर्मीले पुलिसलाई ३–० ले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो । आर्मीलाई जित दिलाउन टेकबहादुर बुढाथोकीले खेलको २९ औँ, नवयुग श्रेष्ठले ५१ औँ तथा टङ्क बस्नेतले ८२ औँ मिनेटमा गोल गरेका थिए ।

आजको जितसँगै ३३ अङ्कका साथ शीर्ष स्थानमा रहनका बाबजूद आर्मीको उपाधि जित्ने सम्भावना लगभग सकिए पनि दोस्रो स्थान पक्का भएको छ । तर आर्मीको आजको जितले प्रतियोगिता थप रोमाञ्चक मोडमा पुगेको छ । शनिबार हुने थ्री स्टार क्लब र मनाङ मर्याङ्दी क्लबबीचको खेलले उपाधि विजेताको टुङ्गो लाग्नेछ । लिगका अन्य सबै खेल सकिएका छन् ।

एक÷एक खेल कम खेलेका थ्री स्टारको ३२ र मनाङको ३१ अङ्क छ । प्रतियोगिता जित्नका लागि थ्री स्टारलाई बराबरी पर्याप्त छ । अङ्क बराबरी भएका कारण हेड टु हेडका विजेता हुने प्रावधानअनुसार आर्मीलाई पराजित गरेको थ्री स्टारको सम्भावना बलियो छ । मनाङलाई भने उपाधि जित्न अन्तिम खेल जित्नैपर्ने बाध्यता छ । रासस