२२ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री ओली आजबाट बालुवाटार सरुवा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oli New pm-1काठमाडौं, २९ असोज । प्रधानमन्त्री केपी शर्मा ओली आजदेखि प्रधानमन्त्री निवास बालुवाटारमा सरुवा हुनुभएको छ ।

प्रधानमन्त्री भएपछि पनि उहाँ भक्तपुरको बालकोटस्थित निजी निवासमा बस्दै आउनुभएको थियो । प्रधानमन्त्री ओलीका स्वकीय सचिव रमेश आचार्यले प्रधानमन्त्री ओली शुक्रबार अपराह्न पाँच बजे बालकोटबाट बालुवाटार बसाइँ सर्नुभएको जानकारी दिनुभयो ।

संसद् भवनमा सभामुख र उपसभामुखको निर्वाचन सकिएपछि ओली सिधै बालुवाटार जानुभएको उहाँले बताउनुभयो ।