१ कार्तिक २०८३, शनिबार

एमाओवादी र राप्रपा नेपाललाई भोट हाल्न कांग्रेसको ह्‍वीप

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Congress-buildingकाठमाडौं, २९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख र उपसभामुख पदमा सत्तापक्षीय एमाओवादी र राप्रपा नेपालका उम्मेदवारलाई भोट हाल्न ह्वीप जारी गरेको छ ।

सभामुख उम्मेदवारमा एमाओवादीबाट ओनसरी घर्ती हुनुहुन्छ भने नेमकिपाबाट अनुराधा थापा हुनुहुन्छ । कांग्रेसले एमाओवादीकी उम्मेदवार ओनसरीलाई भोट हाल्न आफ्ना सभासदलाई ह्वीप जारी गरेको हो ।

उपसभामुखको उम्मेदवारमा राप्रपा नेपालका सांसद् गंगाप्रसाद यादव र नेमकिपाका डिल्ली प्रसाद काफ्ले हुनुहुन्छ । प्रधानमन्त्री निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मतदान गरेको नेमकिपाले भने सभामुख र उपसभामुखमा नै उम्मेदवारी दिएको छ । यसैबीच सभामुख र उपसभामुखमा एउटै पार्टीले उम्मेदवारी दिन नमिल्ने बताउँदै कांग्रेस सांसदहरुले विरोध गरेका छन् । मतदान शुक्रबार नै हुँदैछ ।