२२ कार्तिक २०८३, आइतबार

चीनले भन्यो- नेपालले प्रस्ताव ल्याए तेल र ग्यास दिन तयार छौं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

China_flagकाठमाडौं, २९ असोज । भारतको अघोषित नाकाबन्दीले देशमा इन्धनको हाहाकार मच्चिरहेका बेला चीनले भने नेपाललाई इन्धन सहयोग गर्ने जनाएको छ ।

इन्धनबारे नेपालले प्रस्ताव गरेको खण्डमा तेल आपूर्ति गर्न आफूहरु तयार रहेको शुक्रबार चीनले जनाएको हो । नेपालमा तेल आपूर्ति गर्ने सम्भावनाबारे सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुनयिङले नेपालले प्रस्ताव गरेमा आवश्यकताअनुसार तेल र ग्यास पठाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

चीनको विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा नेपालको विषयमा सोधिएको प्रश्नमा चिनिया विदेश मन्त्रालयकी प्रवक्ता चुनयिङले नेपालको प्रस्ताव हेरेर सहयोग गर्न अधिकतम प्रयत्न गर्ने बताइन् ।

‘नेपाल र चीनबीचको जिलुङ नाका गत २५ अप्रिलमा नेपालमा भूकम्प गएदेखि अवरुद्ध थियो । हिजोबाट यो सुचारु भएको छ । आज बिहान चिनिया पक्षले नेपाली पक्षलाई उक्त सिमाबाट सहायता सामग्रीहरु पनि आपूर्ति गरेको छ’ उनले भनिन्–‘नेपालको अनुरोधलाई हेरेर उसलाई सहयोग गर्न चिनिया पक्षले अधिकतम प्रयत्न जारी राख्ने छ ।’

पत्रकारहरुले उनलाई ‘नेपालमा भूकम्प गएदेखि अवरुद्ध रहेको चीन–नेपालबीचको केरुङ सिमा नाका हिजोबाट पुन सञ्चालनमा आएको छ । के यो सत्य हो ? के यसलाई पुष्टि गर्न सक्नुहुन्छ ? के चिनिया पक्षले नेपाललाई इन्धन आपूर्ति गर्न सक्छ ?’ जस्ता प्रश्न सोधेका थिए ।