३० आश्विन २०८३, शुक्रबार

अन्ततः भारतीय नाकाबन्दीविरुद्ध संयुक्त राष्ट्रसंघले वक्तव्य जारी गर्‍यो, के-के भन्यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Un-ban-ki-moonकाठमाडौँ, २९ असोज । भारतीय नाकाबन्दीले आपूर्ति बन्द भएपछि देखापरेको खाद्य संकटलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघले शुक्रबार एक वक्तव्य जारी गरेको छ ।

काठमाडौंस्थित संयुक्त राष्ट्रसङ्घका मानवीय समन्वयकर्ताको कार्यालयले शिशिर यामको आगमनअगावै भूकम्प अति प्रभावित उच्च हिमाली भेगमा अत्यावश्यक सामग्रीको आपूर्ति गरिसक्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको जनाएको छ ।

भूकम्पबाट प्रभावित भएका उच्च स्थानका समुदायलाई कात्तिक १५ भित्रै खाद्य पदार्थ र बसोबासका सामग्री आपूर्ति गर्न नसके ठण्डीको मारबाट उनीहरूलाई जोगाउन कठिन हुने जनाउँदै उक्त कार्यालयका मानवीय समन्वयकर्ता जेमी म्याकगोल्डरिकले एक हजार २०० मेट्रिक टन अस्थायी आवासका सामग्री ढुवानी हुन नसकेको बताउनुभएको छ ।

इन्धनको चरम अभावका कारण विभिन्न जिल्लाका गोदाममा थन्किएका ती सामग्रीको ढुवानी एवम् आपूर्तिमा अवरोध भएकाले हिमपात हुनु अगावै मानवीय सहायताका कार्य कार्यान्वयनमा ध्यान दिन जरुरी भएको उहाँले आज जारी गर्नुभएको वक्तव्यमा उल्लेख छ ।

आपूर्ति अवरोध चाँडो सूचारु गर्न पनि उहाँले सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभएको छ । रासस