३० आश्विन २०८३, शुक्रबार

‘आधा पेज’मा सलोन र रिस्ताको मस्ती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

adha pageकाठमाडौं । चलचित्र ‘आधा पेज’ले आफ्नो रिलिज डेट सार्वजनिक गरेको छ ।

चलचित्र “आधा पेज” पुष १० गतेबाट प्रदर्शनमा आउने भएको छ । बिहिबार एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जन र चलचित्रका निर्माता लीला बहादुर न्यौपानेबीच चलचित्रलाई पुष १० गते एफडी कम्पनी प्रदर्शन गर्ने सम्झौता भएको छ ।

पुष १० गते राजधानी र राजधानी बाहिर गरेर करिब ६० वटा हाल बाट यस चलचित्र प्रदर्शनमा आउने छ । समुन्द्र भट्टको निर्देशन रहेको चलचित्र “आधा पेज”ले यस अघि नै देशका आठ सहरमा चलचित्रको फेसबुक पेजलाई इन्भाइट गरेर सबै भन्दा बढी लाईक गराउने र सामाजिक संजालमा प्रचार प्रसार चलचित्रका मुख्य कलाकार सग डिनर र घुम्ने मौका दिइने छ भन्दै प्रचार प्रसार सुरु गरि सकेको छ ।

चलचित्र “आधा पेज”मा सलोन बस्नेत, रिस्ता बस्नेत, रुपेश न्यौपाने बिपना बस्नेत, दीपक क्षेत्री, सुरज आरडी, सन्तोष ढकाल, सारिका न्यौपाने, अशिम आरडीको पनि मुख्य अभिनय रहेको छ ।रमण गायक र रुपक न्यौपानेको शब्द तथा सगीत यस चलचित्रमा रुपक न्यौपाने र रोशनी रिमाल स्वर रहेको छ ।

चलचित्रमा रामजी लामिछानेको नृत्य निर्देशन, इन्द्र लाल श्रेष्ठको छायांकन, आकाश बुढाथोकीको कथा, सन्तोष ढकालको सम्पादन रहेको छ । परी फिल्मको प्रस्तुतिमा लीला बहादुर न्यौपाने र ज्ञान बहादुर न्यौपानेले चलचित्रलाई निर्माण गरेका हुन् । छिट्टै चलचित्र गीत संगीत, ट्रेलर र पोस्टर सार्वजनिक गरिेने अयोजकले जनाएका छन् ।