महेन्द्रनगर, २८ असोज । बेल्डाँडीका स्थानीय पत्रकार विमल धामी सम्मानित भएका छन् ।
बिहीबार बेल्डाँडी नगरपालिका कार्यालय उद्घाटन समारोहमा पत्रकार धामी सम्मानित भएका हुन् । बेल्डाँडी नगरपालिका कार्यालयका निमित्त कार्यकारी अधिकृत राज बहादुर विष्टले दक्षिणी ग्रामिण क्षेत्रका समस्या उठान गरि ग्रामिण क्षेत्रको विकास र नागरिकहरुलाई सचेत गराउन भूमिका निर्वाह गरेको भन्दै पत्रकार धामीलाई व्यवस्थापिका संसद सदस्य दिवानसिंह विष्टले दोसल्ला ओढाएर सम्मान गरेको जानकारी दिए ।
पत्रकार धामीलाई सम्मानका साथै नगद ५ हजार १५१ रुपैयाका साथै कापी, कलम दिएको सम्मानित गरेको निमित्त कार्यकारी अधिकृत विष्टले बताए । ‘बेल्डाँडीलाई छुट्टै नगरपालिका बनाउका लागि समेत धामीले संचार क्षेत्रबाट विशेष भूमिका निर्वाह गरेका थिए,’ विष्टले भने । स्थानीय पत्रकारहरुको हौसला प्रदान गर्नका लागि समेत सम्मानका साथै पुरस्कृत गरेको निमित्त कार्यकारी अधिकृत विष्टले बताए ।
पत्रकार धामी महेन्द्रनगरबाट प्रकाशित हुने नयाँ जनक्रान्ति नेपाली दैनिक र बेलौरीबाट प्रसारित हुने रेडियो सुदूर संचार लगायत विभिन्न संचार माध्यममा आबद्ध छन् ।















प्रतिक्रिया