१ कार्तिक २०८३, शनिबार

ललितपुर मोबाइल कम्प्लेक्समा उपहार योजनासँगै ग्राहकको चहलपहल बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mobile Complexकाठमाडौं, २८ असोज । ललितपुरको लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्समा दशैंको चहलपहलसँगै ग्राहकको भीडभाड शुरु भएको छ । ग्राहकहरुले कम्प्लेक्समा विभिन्न ब्राण्डका मोबाइलहरु सूपथ मूल्यमा विभिन्न उपहारसहित मोबाइल खरिद गर्न पाउने हुँदा ग्राहकहरुको चहलपहल बढेको हो ।

नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुमको रुपमा स्थापित कम्प्लेक्सले नेपाली मोबाइल ग्राहकहरुका लागी दशैं तिहारको अबसर पारेर विभिन्न उपहारहरु सार्वजनिक गरेपछि कम्प्लेक्समा मोबाइल खरिदकर्ताहरुको घुईँचो लागेको हो । कम्प्लेक्सले उपहार योजना शुरु भएपछि दैनिक १०० भन्दा बढि ग्राहकहरुलाई पावर ब्यांक, मोबाइल कभर, मेमोरी कार्ड, ब्लूटूथ स्पीकरलगायतका उपहारहरु प्रदान गरिरहेको छ ।

अन्य ठाउँहरुमा मोबाइल खरिदकर्ताले सिल खोलिएका मोबाइल फोन तथा एसेसरिज मात्र बिक्रीका लागि राखिने हुँदा कम्प्लेक्सले भने ग्राहकहरुलाई सिल प्याक अवधारणामा मोबाइल बिक्री गरिरहेको छ । यस अवधारणामा ग्राहकहरुले मोबाइल बक्सको सिल नखोलिएको मोबाइल र एसेसरिजहरु खरिद गर्न सक्नेछन् । यसका साथै कम्पनीले दशैं तिहारको अवधिभर ग्राहकहरुको सुविधाका लागि पुराना मोबाइलहरुको एक्सचेन्जको सुविधा पनि उपलब्ध गराएको छ । एक्सचेन्जअन्तरगत भ्यालूएटरले भ्यालुएशन गरेको कुनैपनि पुरानो फोन साटेर नयाँ फोन खरिद गरि दशैं तिहारलाई उत्सवमय बनाउन सकिनेछ ।

कम्प्लेक्सले नेपालीहरुको महान चाड बडा दशैं तथा तिहारको अवसर पारेर दशैं तिहारको बहार, मोबाइल खरिदमा उपहारै उपहार योजना संचालन गरिरहेको छ । कम्प्लेक्सको यो योजनामा आफ्ना मोबाइल खरिदकर्ताहरुका लागि हात खाली नहुने उपहारहरु प्रदान गर्ने जनाएको छ । कम्प्लेक्सले यस योजनाअनुसार कुनै पनि स्मार्टफोन खरिदमा ग्राहकहरुले विभिन्न उपहारहरु प्राप्त गर्ने जनाएको छ ।

योजनामा हरेक स्मार्टफोनको खरिदमा हात खालि नजाने उपहार अन्तरगत मोबाइल कभर, स्क्रीन गार्ड, पावरब्यांक, ८ जीबीको मेमोरी कार्ड, ब्लूटूथ स्पीकर तथा टिसर्टमध्ये कुनै एउटा उपहार प्राप्त गर्नेछन् । यस योजनामा ग्राहकहरुले कुनैपनि ब्राण्डको स्मार्टफोन खरिद गरेर सहभागी हुनसक्ने कम्प्लेक्सले जानकारी दिएको छ ।

lalitpur mobile complex dashain tiharकम्प्लेक्सले उपहार योजनाका साथै नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुममा हरेक मोबाइलको खरिद, एसेसरिजको खरिद तथा रिपेयर सर्भिसमा अधिकतम ७० प्रतिशतसम्मको छुटको व्यवस्था मिलाएको छ ।

त्यसैगरी कम्प्लेक्सले सामसुंग, हुवावेलगायत अन्य मोबाइल ब्राण्डले संचालन गरेको योजनालाई पनि कायमै राखेको छ । कम्पनीका अध्यक्ष पुरुषोत्तम बस्नेतले विभिन्न ब्राण्डका मोबाइलहरुको ग्राहक योजनाका साथै दशैं तिहारको अवसर पारेर थप उपहार योजना संचालन गरेको जानकारी दिए । ग्राहकहरुले रुचीअनुसार उत्सवको अवसरमा मोबाइल खरिद गर्दा विभिन्न हात खाली नहुने उपहार छान्न सकिने उनले बताए ।

कम्प्लेक्समा सामसुंग स्मार्टफोन खरिद गर्दा कम्पनीको तर्फबाट बम्पर पुरस्कारमा कार प्राप्त गर्ने तथा हुवावेको स्मार्टफोन खरिद गर्दा बम्पर पुरस्कारमा रोयल ईन्फिल्ड मोटरसाइकल प्राप्त गर्न सक्नेछन् । हुवावेको जी प्ले मिनी स्मार्टफोन खरिदमा भने रु ४००० बराबरको पावरब्यांक तत्काल निशुल्क प्राप्त गर्न सकिनेछ ।