काठमाडौं, २८ असोज । नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या दिन दुईगुणा रात चौगुणाको हिसाबले बढिरहेको छ ।
नेपाल दुरसञ्चार प्राधिकरणले केही महिना अघि मात्रै सार्वजनिक गरेको एक रिपोर्ट अनुसार नेपालको कुल जनसख्याको एक तिहाई मानिसहरुले इन्टरनेट प्रयोग गर्छन् । अर्थात हाल नेपालमा एक करोड बढी मानिसहरु इन्टरनेटका ग्राहक छन् ।
इन्टरनेट भित्रिएको इतिहास लामो छैन । सन् १९९५ मा मर्कन्टाइल कम्यूनिकेशनले पहिलो पटक इन्टरनेट सुविधा नेपालमा भित्राएको थियो । झन्डै २० बर्षको अवधिमा नेपालमा लाखौं मानिसहरु इन्टरनेट प्रयोग गरिरहेका छन् । नेपालमा इन्टरनेट प्रयोगकर्ताको सख्या ह्वात्तै बढ्नुमा दुईवटा विषयले महत्व राख्दछ । पहिलो नेपालका ४० लाख बढी युवाहरु विदेशमा छन् भने दोश्रो स्मार्ट फोनको प्रयोगले इन्टरनेटको बजारलाई बढावा दिइरहेको छ ।
विदेशमा बस्ने परिवारका सदस्यसगँ दुरदजारबाटै इन्टरनेटको माध्यमबाट प्रत्यक्ष सम्पर्कमा रहन सहयोग भएको छ भने मोबाइलबाटै अडियो,भिडियो, च्याट लगायतका सुविधाको प्रयोग गर्न सकिन्छ । इन्टरनेट प्रयोगले विश्व साच्चै साघुँरो बनाइदिएको छ ।
सामाजिक सञ्जालहरुले पनि इन्टरनेट प्रयोगलाई अझ प्रोत्साहित गरिरहेको छ । इन्टरनेटमा रमाउदै गरेका प्रयोगकर्तालाई अझ सहज र सरल हवस् भन्दै हाम्रो टुल्स् डटकमले उपयोगी टुल्सहरुलाई एकै बेवपेजमा संग्रह गरेको छ । यसबाट धेरै प्रकारका फिचरहरु एकै साइटमा प्रयोगकर्ताले प्रयोग गर्न सक्छन् ।
जस्तो कि प्रिती फण्टलाई युनिकोडमा कन्भर्ट गर्न प्रिती टु युनिकोड, मोबाइल प्रयोगकर्तालाई नेपाली युनिकोड टाइप, मुद्रा कन्र्भटर, तिथीमिति कन्भर्टर, नेपाली क्यालेन्डर, अगेंजी ब्याकरण तथा स्पेलिङ जाँच गर्न ग्रामर चेकर लगायतका टुल्सहरु हाम्रो टुल्स डटकममा उपलब्ध छ ।
बेवसाइट एवं ब्लग संचानल गर्नेहरुले दैनिक फोटोको प्रयोग गरिरहेका हुन्छन् हाई क्वालिटी तर लो फाइल साइट बनाउन अनलाइन फोटोशप पनि सोही साइटबाट प्रयोग गर्न सकिन्छ । यो टुल्सले स्लो इन्टरनेटबाट पेज ब्राउज गर्नेहरुको डाटा कम खपत हुन्छ भने साइट सञ्चालकको पनि व्याण्डविथ कम खपत गर्न सहयोग गर्दछ ।
इन्टरनेटबाट दैनिक निशुल्क मोबाइल एसएमएस कसरी पठाउने जस्तो टिप्सहरु लगायतका उपयोगी ब्लगहरु पनि यहाँ उपलब्ध छ । व्याकलिंकको लागि (www.hamrotools.com) यो वेवसाइट हेर्नुस् ।
















प्रतिक्रिया