२२ कार्तिक २०८३, आइतबार

भारतीय राजदूतले भेटेलगत्तै परराष्ट्रमन्त्री थापालाई चिनियाँ राजदूतले किन भेटे ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kamal-thapa-india-chinaकाठमाडौँ, २७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि भारत चीनबीच प्रतिस्पर्धा नै चलेको छ ।

ओली प्रधानमन्त्री भएकै दिन चीनका राजदूत उ चुन्ताईले चीन सरकारको तर्फबाट पहिला प्रधानमन्त्रीलाई बधाई दिए । लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर बधाई दिए ।

त्यसपछि बुधबार आज पनि भारत र चीनबीच प्रतिस्पर्धा नै चल्यो । ओली सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई भारतीय राजदूत रञ्जीत रे ले भेटेलगत्तै चिनियाँ राजदूतले भेटवार्ता गरेका छन् ।

भारतीय राजदूतसँगको भेटमा मन्त्री थापाले भारतलाई सीमा क्षेत्रमा पछिल्लो समयमा उत्पन्न अवरोध तत्काल हटाउन पुनः आग्रह गरे । परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री थापाले नाकाबन्दी हटाउन आग्रह गर्नुप¥यो ।

तर, चिनियाँ राजदूत उ चुन्ताईले उल्टै चीनले के सहयोग गर्नुपर्छ भन्नुस् भनेर मन्त्री थापासामू प्रस्ताव राखे । परराष्ट्र मन्त्रालयमै भएको भेटमा नेपालका लागि चिनियाँ राजदूत चुन्ताईले शिष्टाचार भेट गरी नेपाललाई परेको अप्ठेरोमा आफूहरु जस्तोसुकै सहयोग गर्न तयार रहेको र नेपाल सरकारबाट पहल हुनुपर्ने बताए ।

त्यसअवसरमा नेपाल-चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा समेत छलफल भएको परराष्ट्र मन्त्री थापाले जानकारी दिए ।