३० आश्विन २०८३, शुक्रबार

एमाओवादी र एमालेबीच एकता हुन्छः प्रचण्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-oliकाठमाडौँ, २७ असोज । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तल्लो तहका कार्यकर्ताले चाहेमा नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउन सकिने बताउनुभएको छ ।

राष्ट्रियता र संविधान निर्माण प्रक्रियामा एमाओवादी अध्यक्ष प्रचण्डले खेलेको भूमिकाप्रति बधाई दिन गएको युवा सङ्घ नेपालको टोलीसँग उहाँले नेपालमा धेरै कम्युनिष्ट पार्टी भएकाले त्यसलाई मिलाएर एउटै कम्युनिष्ट केन्द्र बनाउने सकिने बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, “एउटै कम्युनिष्ट केन्द्र बनाउन कम्युनिष्ट पार्टीका प्रमुख नेताको मात्र मन मिलेर हुँदैन, त्यसका लागि तल्लो तहका कार्यकर्तासमेत तयार हुनुपर्छ ।” सम्पूर्ण कम्युनिष्ट पार्टीका युवाहरु एउटै कम्युनिष्ट केन्द्र बनाउने अभियानमा लागेमा विस्तारै यो सम्भव हुने उहाँको भनाइ थियो ।

अध्यक्ष प्रचण्डले नयाँ संविधान जारी र वर्तमान प्रधानमन्त्रीको निर्वाचन राष्ट्रिय स्वाभिमान र स्वतन्त्रतापूर्वक निर्णय गर्ने पक्षको जित भएको धारणा राख्नुभयो । उहाँले छिमेकी राष्ट्र भारतले नचाहँदा नचाहँदै पनि संविधान जारी हुनु राष्ट्रिय स्वाभिमान र स्वतन्त्र निर्णयको जित भएको समेत बताउनुभयो ।

सङ्घको नवौँ महाधिवेशन आयोजक कमिटीका अध्यक्ष राजीव पहाडीले नेपालको राष्ट्रियता र संविधान जारी गर्न उल्लेखनीय योगदान पु¥याउन सफल भएको भन्दै आगामी दिनमा सम्पूर्ण कम्युनिष्ट एक भएर एउटै कम्युनिष्ट केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो । रासस