काठमाडौं, १२ असार । अमेरिकामा उपचार गराइरहेका प्रधानमन्त्री सुशील कोइरालाको फोक्सोमा क्यान्सर भएको पुष्टि भएको छ ।
दुई पटक लगातार परीक्षण गरिसकेपछि चिकित्सकले फोक्सोमा देखिएको दागलाई शुरुको फेजमा साधारण क्यान्सर रहेकोले रेडियशन उपचार पद्धतिबाट उपचार शुरु गरिएको छ। अमेरिकाको न्युयोर्कस्थित् मेमोरियल सोलान केटरिङ क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएको प्रधानमन्त्री कोइरालाको फोक्सोमा सेतो दाग देखिएपछि क्यान्सरको आशंका गरिएको थियो ।
राष्ट्रसंघीय मिसनको नेपाल प्रतिनिधिको कार्यालयले प्रधानमन्त्रीसँगै गएका चिकित्सक करवीरनाथ योगीलाई उद्धृत गर्दै जारी विज्ञप्तिमा बुधबार न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा स्वास्थ्य परीक्षण गर्दा रेडियोथेरापी दिन चिकित्सकहरुले सुझाएका छन् ।
प्रधानमन्त्रीलाई रेडिएसन प्रद्धतिबाट अझै एक साता उपचार गर्नुपर्ने र अन्य उपचार सकेर प्रधानमन्त्री स्वदेश फर्किन दुई साता सम्म लाग्न सक्ने बताइएको छ ।
यसअघि प्रधानमन्त्री कोइरालाको जिब्रोको क्यान्सरको उपचार पनि न्युयोर्कस्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमै भएको थियो ।
















प्रतिक्रिया