३१ आश्विन २०८३, शनिबार

साउने सोमबार पारेर नेपाल आउँदै मोदी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Modi

काठमाडौ, १२ असार । नेपालका लागि भारतीय राजदूत रञ्जित रे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणको चाँजो पाँजो मिलाएर काठमाडौं फर्किएका छन् ।

झण्डै एक सात अघि नयाँ दिल्ली पुगेका राजदुत रेका अनुसार, भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणको समय जुन २० र २१ को लागि तय भएको छ ।

विदेश मन्त्रीको भ्रमणपछि प्रधानमन्त्री मोदीको भ्रमण हुने तय भए पनि समय भने निश्चित भएको छैन ।

प्रधानमन्त्री सुशील कोइराला अमेरिकाबाट फर्किनासाथ मोदीको भ्रमण तय हुने बताइएको छ । भारतीय दुतावासका अनुसार मोदी साउने सोमबार पशुपतिनाथको दर्शन समेत गर्ने गरी दुई दिने भ्रमणमा नेपाल आउने सोचमा छन् । तर, समकक्षी कोइरालाको अनुपस्थितिमा भ्रमण नहुने भएकोले अन्यौल सिर्जना भएको हो ।