२२ कार्तिक २०८३, आइतबार

सभामुख र उपसभामुखले आज राजीनामा दिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

subash-nemwangकाठमाडौं, २७ असोज । संविधान निर्माण कार्य पुरा भएसँगै सभामुख सुवासचन्द्र नेम्वाङ र उपसभामुख ओनसरी घर्तिमगरले आज राजीनामा दिनुहुने भएको छ ।

आज तीन बजे बस्ने व्यवस्थापिका संसदमा सभामुखको निर्वाचनका लागि कार्यतालिका पारित गर्ने कार्यसूची रहेकाले त्यस अगाडि नै नेम्वाङले राजीनामा दिने संसद सचिवालयले जनाएको छ ।

सभामुखको निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेकाले नेम्वाङले आज राजीनामा दिन लाग्नुभएको संसद सचिवालयको दाबी छ । यसैबीच संसद सचिवालयले सभामुखको निर्वाचनको लागि बिहीबार उम्मेदवारी दर्ता गराउने र शुक्रबार निर्वाचन गर्ने तयारी समेत गरेको छ ।

दलहरुबीच भएको सहमति अनुसार नयाँ सभामुख एमाओवादीले पाउने तय भएको छ । यस्तै, उपसभामुख ओनसरी घर्तीले पनि आजै राजीनामा दिँदै हुनुहुन्छ । उहाँले राजीनामापत्र सभामुख नेम्वाङलाई बुझाउने कार्यक्रम छ ।

संविधानको धारा २९९ (२) मा संसद बैठक आह्वान भएको २० दिनभित्र नयाँ सभामुख र उपसभामुख चयन भइसक्नुपर्ने प्रावधान छ । सभामुख चयनको प्रक्रिया सुरु भएपछि आफू सो पदमा बस्नु उचित नहुने भन्दै नेम्वाङले राजीनामा दिने तयारी गर्नुभएको हो ।