१२ कार्तिक २०८३, बिहिबार

रसुवा काठमाडौं सम्पर्क मञ्चमा घ्याल्साङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rasuwa uml (3)काठमाडौं, २७ असोज । नेकपा एमाले रसुवा काठमाडौं सम्पर्क पाँचौ सम्मेलनले घ्याल्साङ तामाङको अध्यक्षताका २५ सदस्य रहेको कमिटी सर्वसम्मत गठन गरेको छ ।

नयाँ संविधानको स्वागत, विजया दशमी, शुभ दिपावली र छठको अवसरमा शुभकामना आदान प्रदान तथा पाँचौं सम्मेलनको उद्घाटन प्रमुख अतिथि संबिधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले गर्नुभयो । नेकपा एमाले रसुवा काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष कारग्याल्मो श्रेष्ठ अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य छबिलाल बिक, केन्द्रीय सदस्य विजय गुरुङ, माधव अर्याल, सांसद जनार्दन ढकाल, छोवाङ तेन्जिन तामाङ, नेकपा एमाले जिल्ला कमिटी रसुवाका उपाध्यक्ष कर्णेल लामा, बाग्मती अञ्चल कमिटी अध्यक्ष श्याम बस्नेत, अशोक घिमिरे लगायत बक्ताहरुको आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा राष्ट्रिय कलाकारहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने रसुवाका २ जना सांसदलाई र संबिधान सभाध्यक्ष नेम्वाङलाई सम्मन पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा अतिथि छविलाल र श्याम बस्नेतलाई मायाको चिनो प्रदान गरिएको थियो । सम्पर्क मञ्चका सचिव टिका पौडेलले सञ्चालन गरेको कार्यक्रमले घ्याल्साङ तामाङ अध्यक्ष, उपाध्यक्ष लाक्पा तामाङ, सचिव सुरेस अधिकारी, कोषाध्यक्ष अर्जुन न्यौपाने, सहसचिव विकास लामा रहेका छन् ।