तपाईँको व्यवसाय र व्यवसायिक पृष्ठभूमिबारे बताइदिनु न ?
सन् २००२ मा नितान्त श्रमिक काम गर्नका लागि कतार प्रबेश गरेँ । २००६ बाट हाउस किपिङसम्बन्धी आफ्नै कम्पनी स्थापना गरेर व्यवसाय गर्न शुरु गरेँ । कतारमा कान्तिपुर ट्रेडिङ एण्ड कन्ट्रयाक र प्रिजमेटिक शोलुसन गरी मेरो दुई कम्पनी छन् । जहाँ दुई सय श्रमिक आबद्ध छन् । संगठनिक रुपमा २००८ देखि एनआरएनएमा आवद्ध भई सामाजिक काममा अगाडि बढेँ । कार्यसमिति सदस्य हुँदै सचिवालय सदस्य र आइसीसी कतारको युवा संयोजकको समेत भूमिका निर्वाह गरिसकेको छु ।
चुनावको चहलपहल कस्तो छ त ?
धेरै साथीहरु चुनावी मैदानमा आउनुभएको छ । मेरो प्रतिस्पर्धी पनि धेरै हुनुहुन्छ । तर, जिम्मेवारी र अनुभवको हिसावले उहाँहरुभन्दा सिनियर हुँ जस्तो लाग्छ । सबै साथीहरु छलफलमै हुनुहुन्छ ।
यस्तो प्रतिस्पर्धी माहोलमा विजय हासिल गर्न त निकै गाह्रो छ हैन ?
हामी सहमतिमा जाने प्रयास गरिरहेका छौँ । साथीहरुले उम्मेद्वारी दिए पनि अन्त्यमा धेरै पदमा सहमति हुन्छ होला जस्तो लाग्छ । किनकी अहिले भूकम्पले देश तहसनहस छ । उता चुनावमा करोडौं रुपैयाँ खर्च हुन्छ । बरु त्यो रकम पुनःनिर्माण र व्यवसायमा प्रयोग गर्दा उपयुक्त हुन्छ ।
धेरै साथीहरुको सकारात्मक प्रतिक्रिया छ । साथीहरुले सहयोग गरे विजयी बन्ने हो । अग्रजको माया र साथीहरुको प्रतिक्रियाले हर्षित छु । सर्वसम्मत हुन्छु भन्ने अपेक्षा छ ।
तपाई पक्षमा माहौल कस्तो बनेको छ ?
माहौल राम्रो छ । मध्यपूर्वले साधारण श्रमिकको पक्षमा काम गर्ने हो । श्रमिकको हकहितको लागि मेरो उम्मेद्वारी हो ।
चुनाव जित्नुहुन्छ त ?
धेरै साथीहरुको सकारात्मक प्रतिक्रिया छ । साथीहरुले सहयोग गरे विजयी बन्ने हो । अग्रजको माया र साथीहरुको प्रतिक्रियाले हर्षित छु । सर्वसम्मत हुन्छु भन्ने अपेक्षा छ ।
एनआरएनएमा बढी राजनीति भयो भन्ने हल्ला छ नि ?
यस्तो हल्ला केही मानिसहरुको स्वार्थको कारण चुनावको बेला मात्र हुने हो । तर, एनआरएनए एक ढिक्का नै छ । सबै देशमा अधिवेशनमार्फत चुनावी प्रक्रियाबाट नेतृत्व चयन भएको छ ।
आफ्नो उमेद्वारी बारे एनआरएनएका साथीहरुलाई के भन्नुहुन्छ ?
तपाईँहरुको विश्वासिलो मत मलाई दिनुहोस् । मेरो लडाईँ सँधै श्रमिकको हकहितको पक्षमा हुनेछ ।
















प्रतिक्रिया