११ कार्तिक २०८३, बुधबार

भगवान् राम निमावि दलितमैत्री विद्यालय घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इनरुवा, २६ असोज । विद्यालयको १८ वटा सूचाङ्कका आधारमा सोमबारबाट सुनसरीको मधुवन गाविस– २ स्थित भगवान् राम निम्न माध्यमिक विद्यालयलाई दलितमैत्री विद्यालय घोषणा गरिएको छ ।

जिल्ला शिक्षा कार्यालय सुनसरी र दलित गैरसरकारी संस्था महासङ्घ पूर्वाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा सो विद्यालयलाई दलितमैत्री घोषणा गरिएको हो ।

सुनसरीका सहायक जिल्ला शिक्षा अधिकारी दुर्गाप्रसाद खतिवडा र शिक्षक महासङ्घका अध्यक्ष सत्यनारायण मेहताले संयुक्त रुपमा विद्यालयलाई दलितमैत्री विद्यालय घोषणा गर्नुभएको हो । रासस