३० आश्विन २०८३, शुक्रबार

प्रधानमन्त्री ओलीलाई चीनले के भन्यो ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

China_flagकाठमाडौँ, २५ असोज । चीनले नेपालको नयाँ प्रधानमन्त्रीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुनुभएकोमा बधाई ज्ञापन गर्दै उहाँले नेपाल सरकार र नेपाली जनतालाई राष्ट्रिय एकता, स्थायित्व र विकासका निम्ति नेतृत्व प्रदान गर्ने विश्वास व्यक्त गरेको छ ।

प्रधानमन्त्रीमा नेता ओली निर्वाचित भएपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले आज एक वक्तव्य जारी गरी चीन र नेपाल सुख दुःख बाँड्ने असल छिमेकी एवम् असल मित्र भएको बताउनुभएको छ ।

नेपालसँगको द्विपक्षीय सम्बन्धलाई चीनले उच्च महत्व दिएको छ, नेपालको राष्ट्रिय परिस्थितिअनुरुप सामाजिक पद्धति एवम् विकासको मार्ग अवलम्बन गर्ने नेपाली जनताको अधिकारको चीन सम्मान गर्छ भन्दै चिनियाँ विदेशमन्त्रालयले जारी गरेको वक्तव्यमा राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र प्रादेशिक अखण्डता रक्षाका निम्ति नेपालको प्रयासमा चीनले सहयोग एवम् समर्थन गर्ने उल्लेख गरिएको छ ।

चीन–नेपाल मैत्रीलाई अनन्तकालसम्म दिगो तुल्याउने बृहत् साझेदारीयुक्त सम्बन्धलाई नेपालसँग मिलेर अघि बढाउन चीन इच्छुक रहेको बताउँदै वक्तव्यमा नेपालको राष्ट्रिय विकासमा आफ्नो क्षमताले भ्याएसम्म निरन्तर सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरिएको छ । रासस