काठमाडौं, २५ असोज । नवनिर्वाचित प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा सोमबारै अर्का एक जना मन्त्री थपिनुभएको छ ।
सोमबार राष्ट्रपति भवन शीतल निवासबाट सपथ ग्रहण सकेको एक घण्टामै प्रधानमन्त्री ओलीले आफ्नो मन्त्रीमण्डलमा एक जना राज्यमन्त्री थप्नुभएको हो ।
प्रधानमन्त्री ओलीले मधेस समता पार्टीका अध्यक्षसमेत रहेका सभासद् मेघराज नेपाली निषाधलाई राज्यमन्त्री नियुक्त गर्नुभएको हो । उहाँले सोमबार साँझ नै सपथ लिनुभएको सरकार प्रवक्ता एवं कानुन मन्त्री अग्नी खरेलले जानकारी दिनुभयो ।
पर्साको धोरे निवासी ५६ वर्षीय नेपालीले ०६९ सालमा पार्टी स्थापना गर्नुभएको थियो । अस्वस्थ्य रहेका नेपाली मृगौलाको डायलासिस गर्दागर्दै उपचार छाडेर अस्पतालबाट संविधानमा हस्ताक्षर गर्न संविधानसभासम्म आउनुभएको थियो ।















प्रतिक्रिया