कैलाली, असोज २५ । रोटरी क्लव अफ धनगढीले ‘सबैका लागि शिक्षा’ कार्यक्रम अन्तर्गत कैलालीका ३ विद्यालय र एक छात्रावासलाई कम्प्युटर, छात्रबृत्ति, स्कुल ड्रेस, ट्रयाकसुट, खेलकुदका सामाग्रीहरु प्रदान गरेको छ ।
रोटरी क्लव अफ धनगढीले अत्तरीया नगरपालिकाको गेटास्थित सरस्वती उच्चमाविलाई एक थान ल्यापटप, ६ थान डेक्सटप कम्प्युटर, एक थान क्रिकेटको सेट, छात्रबृति वाफत उच्च माध्यामिक तहमा अध्ययनरत तीन विद्यार्थीलाई जनही १५ हजार रुपैया, प्राथमिक तहमा अध्ययनरत २ विद्यार्थीलाई जनही ८ हजार चार सय रुपैया र ५ विद्यार्थीलाई झोला वितरण गरेको हो ।
त्यस्तै धनगढी उपमहानगरपालिका वडा नम्बर २ भन्सार स्थित नवदुर्गा उच्चमाविलाई ३ वटा डेक्सटप कम्प्युटर, ५ वटा झोला, एक थान क्रिकेटको सेट प्रदान गरेको छ । त्यस्तै क्लबले धनगढी उपमहानगर पालिका वार्ड नं. २ सन्तोषीटोलमा रहेको शारदा उच्च माविलाई पनि ५ थान डेक्सटप कम्प्युटर, एकथान क्रिकेटको सेट, ३ जनालाई जनही १५ हजारका दरले छात्रबृत्ति, २५ जना छात्रछात्रालाई स्कुल ड्रेस र ५० थान स्कुल ब्याग र आमाको माया छात्राबासमा रहेका २७ जनालाई ट्रयाकसुट वितरण गरिएको छ । करिब ६ लाख रुपैया बरावरको सामाग्री वितरण गरिएको क्लबका अध्यक्ष ओम पनेरुले बताउनु भयो ।
सरस्वती उच्चमाविका प्राचार्य योगेन्द्र ओझाले रोटरीले विद्यालय र विद्यार्थीहरुलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो ।
सहयोग सामाग्रीहरु ल्यापटप, कम्प्युटर डेक्सटप र क्रिकेट सामग्री अष्ट्रेलियन रोटरी क्लवको सहयोगमा र छात्रबृति क्यानेडियन रोटरी क्लवको सहयोगमा प्रदान गरिएको हो ।
कार्यक्रममा रोटरी क्लवका अध्यक्ष ओम पनेरु, संस्थापक अध्यक्ष प्रकाश भट्ट, उपाध्यक्ष दीर्घराज उपाध्याय, सचिव प्रदिप जोशी, निर्देशक डा. सुशिल कुमार भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
















प्रतिक्रिया