११ कार्तिक २०८३, बुधबार

स्थानीयले दबाब दिएर मधेसी मोर्चालाई तह लगाएपछि लहान बजार खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लहान, २५ असोज । संयुक्त मधेसी मोर्चाले सिरहाको लहानमा हडताललाई खुकुलो पारेपछि आज बिहानैदेखि यहाँ बजार खुलेको छ ।

banda aabagya-pokhara
बन्दको प्रतिकारमा स्थानीय । फाइल फोटो

पसलहरु खुले पनि यहाँबाट सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारीसाधन भने सञ्चालन हुन सकेका छैनन् । विगत दुई महिनादेखिको बन्द हडतालका कारण ठप्प रहेको लहान बजार खुलेपछि जनजीवन सामान्य बन्न थालेको छ । लामो समयपछि बजार खुलेपछि सर्वसाधारण खुसी देखिएका छन् ।

आज पसल पसलमा सामान किनमेलका लागि सर्वसाधारणको घुइँचो लागेको छ । लहानस्थित बैंक तथा वित्तीय संस्थाले पनि चेक साट्न थालेकाले ती संस्थामा सेवाग्राहीको भीड लागेको छ ।

चाडपर्वका बेला बन्द हडताल खुकुलो पार्न उद्योगी, व्यापारी तथा सर्वसाधारणले गरेको आग्रहलाई दृष्टिगत गरी बजार, पसल तथा बैंक सञ्चालन गर्न दिएको संयुक्त मधेसी मोर्चाका जिल्ला संयोजक कृष्णबहादुर यादवले जानकारी दिनुभयो । रासस