११ कार्तिक २०८३, बुधबार

पाँच दिनका लागि मधेसी मोर्चाको आन्दोलन फिर्ता, वित्तीय संस्था खुल्ला राख्न आह्वान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

जनकपुरधाम, २५ असोज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नेपालीहरुको महान चाड दसैतिहारलाई मध्यनजर गर्दै पाँच दिनका लागि आन्दोलन फिर्ता दिने निर्णय गरेको छ ।

सोमबार धनुषाको जनकपुरमा बसेको मोर्चाको बैठकले विजयादशमीलाई ध्यानमा राख्दै पाँच दिनका लागि जिल्लाका विभिन्न वित्तीय सङ्घसंस्थालाई खुल्ला राख्ने निर्णय गरेको हो ।

मोर्चाका संयोजक परमेश्वर साहका अनुसार आन्दोलनका कारण वित्तीय सङ्घसंस्था पनि बन्द रहँदा जनतालाई परेको मर्कालाई ध्यानमा राख्दै र दसैँमा असहजता उत्पन्न नहोस् भनी पाँच दिनका लागि वित्तीय सङ्घसंस्थालाई खुल्ला गर्ने निर्णय गरेको हो ।

यसअघि निरन्तर बन्दका कारण वित्तीय कारोबार हुन नसक्दा आम जनता बैंकबाट कारोबार गर्न पाएका थिएनन् । रासस