११ कार्तिक २०८३, बुधबार

करेन्ट लागेर गैँडाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gaidaरत्ननगर (चितवन), २५ असोज । पछिल्ला केही वर्षदेखि चोरी सिकारीबाट जोगिदै आएको दुर्लभ एकसिङ्गे गैँडा आज करेन्ट लागेर मरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख वसन्त कुँवरले स्थानीयले बाली जोगाउन खेतको छेउमा लगाएको विद्युतीय तारबाट करेन्ट लागेर गैँडा मरेको जानकारी दिनुभयो । पूर्वी चितवनको कुमरोजमा चितवन निकुञ्जबाट आएको गैँडा करेन्ट लागेर मरेको हो ।

वयस्क भाले गैँडा मरेको र अहिले ‘पोष्टमार्टम’को काम भइरहेकाले चितवन निकुञ्जका प्रवक्ता तथा सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले जानकारी दिनुभयो । रासस