११ कार्तिक २०८३, बुधबार

मोटरसाइकल दुर्घटनामा शाखा अधिकृतको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Saptari_districसप्तरी, २५ असोज । कञ्चनरुप नगरपालिकामा आज मोटरसाइकल दुर्घटना भई एक शाखा अधिकृतको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ घर भएका शत्रुधनप्रसाद चौधरी रहेको प्रहरीले जनाएको छ ।

घरबाट बा९ब ६३८ नम्बरको मोटरसाइकलमा चढेर आफ्नो कार्यालय सुनसरीको भन्टाबारीस्थित पशु क्वारेन्टाइन्स कार्यालय जाने क्रममा घरदेखि ५०० मिटर टाढा कच्चीबाटोमा एक्कासि मोटरसाइकलबाट लडेर चौवन्न वर्षीय चौधरी मुत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मेघराज अधिकारीले जानकारी दिनुभयो ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । मृतक चौधरी सुनसरीको भन्टाबारीस्थित पशु क्वारेन्टाइन कार्यालयका प्रमुख रहेको बताइएको छ । यसअघि तीन दिनअगाडि सोही ठाउँमा मोटरसाइकल दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको थियो । रासस