११ कार्तिक २०८३, बुधबार

तीन मन्त्रालयको नेतृत्व गर्दै विजय गच्छदार सरकारमा सामेल, कुन कुन मन्त्रालय पाए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bijay-gachhedarकाठमाडौं, २५ असोज । संविधानमा थारु, मधेसी, जनजातिका माग सम्बोधन नभएको भन्दै मधेस आन्दोलनमा उत्रिएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक अन्ततः सरकारमा सहभागी भएको छ ।

अध्यक्ष विजय गच्छदारको नेतृत्वमा फोरम लोकतान्त्रिकले नयाँ सरकारमा तीन मन्त्रालय सम्हाल्ने भएको हो । सोमबार पार्टी अध्यक्ष गच्छदारले उपप्रधानमन्त्री र भौतिक योजना तथा निर्माणमन्त्रीको सपथ लिने फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले जानकारी दिनुभयो ।

नवनिर्वाचित प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा फोरम लोकतान्त्रिकले तीन मन्त्रालय पाउने सहमति भएको बताइएको छ । जसमध्ये उप प्रधान तथा भौतिक योजना तथा निर्माण र टुंगो लागिनसकेका अन्य दुई मन्त्रालय जिम्मेवारी सम्हाल्ने तयारीमा फोरम लोकतान्त्रिक छ । अन्य दुई मन्त्रालयका लागि अरु मन्त्री पछि छान्ने चौधरीले बताउनुभयो । यद्यपी फोरम लोकतान्त्रिकको भागमा उर्जा र सिँचाई मन्त्रालय पर्ने चर्चा छ ।