– सुदीप अधिकारी
बर्दिया, २५ असोज । पेट्रोलियम पदार्थको आपूर्ति कम तर माग बढ्दो भएपछि बर्दियामा पेट्रोल पम्प संचालकहरुले प्रहरीको सहायता लिएर उपभोक्तालाई पेटोलियम पदार्थ वितरण गरेका छन् ।
पेट्रोलियम पदार्थको आपूर्ति अत्यन्त कम भएपछि उपभोक्ताको माग पुर्याउन निकै समस्या भएको पेट्रोल पम्प संचालकहरुले भनाई छ ।
पम्पमा डिजल पेट्रोल आउनसाथ उपभोक्ताको भीड लाग्ने र वितरणमा निकै समस्या आउने भएकाले वितरण कार्यलाई व्यवस्थित गर्न प्रहरी प्रशासनको सहयोग लिएर वितरण गर्नु परेको न्यू शोभा आयल स्टोरका संचालक अनिल पौडेलले बताए । बर्दियामा निकै कम मात्रामा पेट्रोलियम पदार्थको आपूर्ति हुने गरेको छ ।
राजमार्ग क्षेत्रमा बढी सवारी साधन चल्ने भएकाले वितरणमा निकै समस्या हुने गरेको पम्प संचालकहरुको भनाई छ । वितरण प्रणालीमा एकरुपता ल्याउन सबै सवारीसाधनलाई निश्चित मात्रामा डिजल वितरण गर्ने गरेको न्यू शोभा आयल स्टोरका संचालक पौडेलले बताए । ‘आपूर्ति निकै कम छ । तर माग बढी छ । सबैलाई माग अनुसार दिन नसक्ने अवस्था आएपछि वितरण प्रणालीलाई व्यवस्थीत गर्न प्रहरी प्रशासनको सहायता लिएर निश्चित मात्रामा वितरण गर्नु परेको हो,’ पम्प संचालक पौडेलले भने ।
















प्रतिक्रिया