११ कार्तिक २०८३, बुधबार

बदेलसँग ठोक्किदा बारामा दुई प्रहरीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-police-logoरौतहट, २५ असोज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथलैया–निजगढ सडकखण्डमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुईजना प्रहरीको मृत्यु भएको छ ।

हेटौँडाबाट चन्द्रनिगाहपुर आउने क्रममा उक्त राजमार्गअन्तर्गत बारा जिल्लाको दुधौरा पुलनजिक बा२८प ३०३८ नम्बरको मोटरसाइकल जङ्गलबाट निस्किएको बँदेलसँग ठोक्किएर दुर्घटना हुँदा प्रहरी हबल्दार गोविन्द राणा र प्रहरी जवान सागर गुरुङको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

हेटौँडाबाट चन्द्रनिगाहपुर आउँदै गरेका बेला मोटरसाइकल बँदेलसँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस