काठमाडौं । रोजगार मिडिया प्रा.लिद्धारा प्रकाशित निबन्धकार युवराज नयाँघरेको नयाँ कृति ‘आमिल’ को नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीले विमोचन गर्नुभयो ।
विमोचन मन्तव्यमा उप्रेतीले लेखनमा नयाँ शैलीलाई आत्मसात् गरी लेखिएको यो कृतिले वैदेशिक स्थितिको सुक्ष्म चिरफार गरेर धारणा राख्नुभयो । उहाँले भन्नुभयो – ‘रित्तिरहेको नेपाली समाजको कारुणिक चित्र उतार्न नयाँघरे सफल छन् आमिलमा ।’
कृतिको समीक्षा गर्दै युवा समालोचक महेश पौडेलले कथा र निबन्धको फ्युजन गरी नयाँघरेले नयाँ विधामा मानवीय संवेदनालाई झकझकाएका छन् भन्नुभयो । पौडेलले भन्नुभयो– ‘यो कृति विदेशिएका नेपालीहरुको आँसुहरु प्रतिको यथोचित न्याय पनि हो ।’
समारोहमा साहित्यकार राधेश्याम लेकाली, प्रोफेसर रम्जान अलि, रोजगार मिडिया प्रा.लि.का सम्पादक/प्रबन्ध निर्देशक उद्धव भट्टराई, एनआरएनएका सल्लाहकार नरेन्द्र भाट लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी संघका पुर्वअध्यक्ष बलबहादुर तामाङ, एनआरएन सल्लाहकार धरम केसी, एनआरएन युवा उपसंयोजक कृष्णराज गिरी, एनआरएन एशिया प्यासिफिकका उपसंयोजक रोविन्द श्रेष्ठ, एनआरएन कतारका अध्यक्ष मक्सुद आलम र सल्लाहकार आरके शर्मा, एनआरएन ओमानका अध्यक्ष दिपक श्रेष्ठ र पूर्वअध्यक्ष डिबी क्षेत्री, एनआरएन बहराइनबाट आइसीसी सदस्य जेपी सापकोटा, एनआरएन कुवेतका निवर्तमान अध्यक्ष धर्मराज गिरी, एनआरएन कतारका आइसीसी सदस्य उमेश अधिकारी, एनआरएन बहराइनका पुर्व आइसीसी सदस्य दुर्गा गिरीलगायतको आतिथ्यता रहेको थियो ।
सोही समारोहमा फूलपातीको दिनबाट प्रदर्शनमा आउन लागेको परदेशी चलचित्रका निर्देशक नारायण रायमाझीले परदेशीको पीडाको विषयमा बोल्दै सो चलचित्रको गयौ आभन्थेऊ आमा बोलको गीत गाएर रौनकता प्रदान गर्नुभएको थियो ।
मदन पुरस्कार विजेता नयाँघरेको ते¥हौ कृति हो । उहाँका निबन्ध र नियात्रा नेपाली साहित्यमा चर्चित छन् । ‘आमिल’ मा वैदेशिक रोजगार, विघटित सामाजिक संस्कृति र अन्यौलपूर्ण समकालीन नेपाली युवा जीवनशैलीको सुक्ष्म शल्यक्रिया गरिएको कोमल गै¥ह आख्यानमूलक कृति हो । घर भित्र–बाहिरको चेतनालाई तरङ्गित पार्नमा नयाँघरेको लेखनी यहाँ घनीभूत देखिएको छ ।
















प्रतिक्रिया