३० आश्विन २०८३, शुक्रबार

संयोजक सरकारमा गएपछि आन्दोलनकारी मोर्चा विभाजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Vijaya-Gachhadar-ko-morchaकाठमाडौं, २५ असोज । मधेसी र थारुका मागलाई संविधान सम्बोधन गराउन दवाव दिने उद्देश्यले फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारको नेतृत्वमा गठन भएको संघीय लोकतान्त्रिक मोर्चा सिसा झैँ चकनाचुर भएर फुटेको छ ।

संयोजक गच्छदार एमाले नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै मतदानमा सहभागी भएपछि मोर्चा विभाजित भएको हो ।

लोकतान्त्रिक मोर्चामा शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी र राजकिशोर यादवको फोरम गणतान्त्रिक रहेका थिए ।

मोर्चाका संयोजक गच्छदारले भण्डारी र यादवालाई वेवास्ता गर्दै एमाले र एमाओवादीसँग सहमति गरेर आइतबार सरकारमा जाने निर्णय गरेका थिए । गच्छदारको निर्णयले मोर्चाका घटक भण्डारी र यादव रिसले चुर परेका छन् ।

मधेसी र थारुका मागलाई सम्बोधन गर्ने विषयमा विजय गच्छदारमा चेतना फर्केको हो की भनेर आफूहरूले साथ दिएको भन्दै भण्डारीले गच्छदारको सत्तास्वार्थका कारण आफूहरूका माग कमजोर भएको बताउनुभएको छ । उहाँले आफूहरूले आन्दोलनको स्वरुप परिवर्तन गरेर अगाडि बढ्ने बताउनुभयो ।

गच्छदारको नेतृत्वमा मोर्चाले मधेसी मोर्चाको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै आएको थियो ।