काठमाडौं, २५ असोज । नवनिर्वाचित प्रधानमन्त्री केपी ओलीलाई पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले टेलिफोन गरी बधाई दिनुभएको छ ।
नयाँ संविधान जारी भएपछि एमाओवादी र संसद् परित्याग गर्नुभएका भट्टराईले नेकपा (एमाले)का अध्यक्ष ओली प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा आइतबारराति उहाँको निवास बालकोटामा फोन गरी बधाईसहित कार्यकाल सफलताको कामना गर्नुुभएको अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिनुभयो ।
यसैगरी ओलीलाई बधाई दिन उहाँको निवास बालकोटमा घुइँचो लागेको छ ।
गएराति नै सरकारका मुख्यसचिव डा सोमलाल सुवेदी, विभिन्न सचिवहरु, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकलगायत अधिकारीले ओलीलाई बधाई दिइसक्नुभएको छ ।















प्रतिक्रिया