१ कार्तिक २०८३, शनिबार

जापानमा एक नेपाली युवकको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

japan-flagटोकियो (जापान), २४ असोज । वैदेशिक रोजगारीको सिलसिलामा जापानमा रहेका गुल्मी पौदीअमराई गाविस–९ का ३१ वर्षीय विपिन रायमाझी मृत्यु भएको छ ।

सात वर्षअघि ‘कुक’ भिसामा जापान आएका रायमाझी टोकियोबाट दुई घण्टा उत्तरपश्चिमको फुसासी खुमागावाको हाइजीमा बस्दै आएका थिए ।

साथीभाइ र आफन्तले खोजी गर्दा शुक्रबार मध्यरातमा स्थानीय फुलबारीमा अचेत अवस्थामा भेटिएका रायमाझीलाई अस्पतालले मृत घोषित गरेको थियो । आइतबार अस्पतालले दिएको प्रतिवेदनमा लामो समयदेखिको मदिरा सेवनबाट रायमाझीको दुवै मिर्गौलाले काम नगरेकाले मृत्यु भएको उल्लेख गरिएको छ । रासस