१ कार्तिक २०८३, शनिबार

फ्लोरीकल्चर सहकारीमा नयाँ कार्यसमिति चयन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

floriculture Cooperative Elected Team with memberकाठमाडौं, २४ असोज । पुष्प व्यवसायमा आबद्ध व्यवसायीहरुको संस्था फ्लोरीकल्चर सहकारी संस्था लिमिटेडमा मधु सुदन आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

राजधानीमा सम्पन्न ६ औं साधारण सभाले आचार्यसहितको नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । सहकारीको उपाध्यक्षमा कुमार कसजु श्रेष्ठ, सचिबमा दिलिप बादे, कोषाध्यक्षमा संजिब कार्की र सदस्यहरुमा रामजी कुवर, भोजराज तिमल्सिना, मिनबहादुर तामाङ, बिशाल खड्का, राजु शाही, शुसिल खड्का र राजु तामाङ चयन भएका छन् ।

यसैगरि लेखा समितिमा भरतकान्त राई संयोजकत्वमा राजेश भक्त श्रेष्ठ र बिश्वमणि पोखरेल सदस्यमा चयन भएका छन् । पुष्प व्यवसाय तथा पुष्प व्यापारमा लागेका व्यवसायीहरुले संचालनमा ल्याएको यो फ्लोरिकल्चर सहकारी संस्थाले १ करोड ५० लाखभन्दा बढी रकम व्यवसायीहरु मार्फत लगानी गरेको छ । फ्लोरिकल्चर एशोसिएशन नेपालमा आबद्ध भएका सदस्यहरुमार्फत लगानी बिस्तार गरि पूँजी बढाउने योजना सहकारीको छ । यस संस्थालाई उपत्यकाभित्र मात्र सिमित नगरी मोफसलमा रहेको पुष्प व्यवसायीमाझ पुग्ने योजना अध्यक्ष आचार्यको रहेको छ ।