१ कार्तिक २०८३, शनिबार

ग्लोबल टेण्डर हालेपछि भारतले तेल लिन बोलायो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oil Nepal Tankar
काठमाडौं, २४ असोज । नाकामा अवरोधको कारण देखाउँदै इन्धन दिन नमानेको भारतले शनिबार नेपाललाई फोनै गरेर इन्धन भर्न बोलाएको छ ।

नेपालले इन्धन आयातका लागि ग्लोबल टेण्डर आह्वान गरेपछि भारतीय आयल कर्पोरशन (आइओसी) का अधिकारीहरुले नेपाल आयल निगमका पदाधिकारीहरुलाई तेल लिन बोलाएका हुन् ।

यसअघि नेपाल आयल निगमका अधिकारीले सम्पर्क गर्न खोज्दा समेत आइओसीका अधिकारीहरु आलटाल गरिरहेका थिए । नेपाल आयल निगमका प्रवक्ता दीपक बरालले तेल भर्न नेपाललाई भारतले आग्रह गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार आईओसीका अधिकारीले समान्य अवस्थाको भन्दा बढी लोड दिने भन्दै ट्यांकर भारत पठाउन आग्रह गरेका हुन् । भारतसँग आवश्यक डिल गरेर तेल भर्नका लागि सोमबार ट्यांकर पठाइने प्रवक्ता बरालको भनाई छ ।

डिल भइसकेपछि निगमले तेल भर्न आईओसीको गोन्डा, बेतालपुर, बरौनी र सिलगुढी डिपोमा ट्याकंर पठाउने छ । विहीबार मात्रै आयल निगमले इन्धन आपूर्तिका लागि ग्लोबल टेण्डर आह्वान गरेको थियो । जसमा १० भन्दा बढी कम्पनीले नेपालमा इन्धन आपूर्ति गर्ने इच्छा देखाएका छन् ।