काठमाडौं, २३ असोज । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई गम्भीर आरोप लगाएका छन् ।
शनिबार पार्टीको बैठकमा आफ्ना सांसदलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कांग्रेसभित्र भारतीय चलखेल भएको आरोप लगाएका हुन् ।
भारतीय चलखेलकै कारण कांग्रेसले सहमति तोड्दै सरकारको नेतृत्वमा दाबी गरेको प्रचण्डको आरोप छ । भारतको नामै लिएर उनले सुशील कोइरालाले भारतको इशारामा उम्मेदवारी दिएको कुरा बाहिर आइसकेको समेत दाबी गरे ।
साथै प्रचण्डले आफ्ना सभासदलाई एमाले अध्यक्ष ओलीको पक्षमा मतदान गर्न निर्देशन दिएका छन् ।















प्रतिक्रिया